पोखरामा आज सार्वजनिक सवारी ठप्प, यात्रु प्रभावित

पाेखरा | साउन १३, २०८१

पोखरामा आज सार्वजनिक सवारी ठप्प, यात्रु प्रभावित

पोखरा:   आन्दोलनमा रहेको यातायात व्यवसायीले आज पोखरामा सार्वजनिक सवारी साधन (कालो नम्बर प्लेटका बस तथा मालवहाक ट्रक) ठप्प पारेका छन्  ।

 

गण्डकी सरकारलाई दिएको ४८ घण्टे अल्टिमेटमलाई बेवास्ता गरेको भन्दै आजदेखि सार्वजनिक सवारी साधन घर र ग्यारेजमा थन्काएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिका सचिव योगेन्द्र बहादुर केसीले जानकारी दिए । 

 

उनका अनुसार निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी गण्डकी सरकारले कार्यविधि बनाउन लागेको भन्दै  तत्काल खारेज गर्न ४८ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाइएको थियो  ।

 

उक्त म्याद सकिएको भन्दै यातायात व्यवसायीहरु आजदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रेका हुन् । 

 

‘हामीले ४८ घण्टे अल्टिमेटम दिएका थियौं, यो सरकारले हाम्रो मागलाई कुनै ध्यान दिएन । त्यसैले आज हामीले सार्वजनिक सवारी साधन ठप्प गरेका हौं, उनले सुनगाभा न्यूजसँग भने, 'भरे बेलुकासम्म केही सकरात्मक जवाफ आएन भने प्रदेशदेखि देशभरी नै अनिस्चितकालिन आन्दोलनमा उत्रन्छौ ।’

 

निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।

 

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

सार्वजनिक सवारी साधन नचलेपछि यात्रुलाई प्रवाव परेको छ ।

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्